चितवन । कोभिड–१९ को जोखिमले गर्दा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने घटेका छन् । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षमा एक हजार ६८८ उद्योग दर्ता भएका थिए । गत वर्षमा यो सङ्ख्या एक हजार ४४८ मा झरेको छ ।
उद्योगको प्रकृतिअनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५८, पर्यटनमूलक तर्फ १९०, सेवामूलक १८५, उत्पादनमूलक २१२ वटा र विज्ञान तथा सूचना प्रविधिमा उद्योग तीन वटा दर्ता भएका छन । उक्त आर्थिक वर्षमा ऊर्जामूलक, खनिजजन्य तथा निर्माणमूलक उद्योग कुनै पनि दर्ता भएका छैनन । यसैगरी अघिल्लो आर्थिक वर्षमो सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८५६ वटा दर्ता भएका थिए । यस्तै उत्पादनमूलक ३५७, सेवामूलक २९५, पर्यटनमूलक १७८ , विज्ञान तथा सूचना प्रविधि दुई वटा दर्ता भएका थिए भने ऊर्जामूलक, खनिजजन्य र निमार्णमूलक उद्योग कुनै पनि दर्ता भएका थिएनन् ।
कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण गतचैतबाट यता उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएकाले उक्त सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन ।” गत वर्षबाट रु पाँच लाखभन्दा कम पूँजी लागनीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय गरेको छ । नवउद्यमीमा अन्योल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । उद्योग दर्ता घटेपछि राजश्व सङ्कलन पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट रु ४९ लाख १४ हजार राजश्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा रु ३५ लाख ५८ हजार मात्र राजश्व सङ्कलन भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ साउन २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए
मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही
चितवनका २७९ उद्योग बन्द
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
घट्यो कच्चा मार्बल तथा ग्रेनाइटमा भन्सार र अन्तःशुल्क