दार्चुला । सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ ।
महाकाली नगरपालिका–२ बडालीगाउँ नजिक शुक्रबार गएकोमा नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना पुरिएका थिए ।
घरबाट सदरमुकाम खलंगा आउने क्रममा सडकमाथिबाट खसेको पहिरामा परि पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।
सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । पहिरो निकै ठूलो आएकाले कुन ठाउँमा बालक फसेको भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० साउन २०७७, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध