तारवार निर्माणको काम अलपत्र छाडिंदा कुचकुचे सामुदायीक वनमा चितल मर्ने क्रम बढ्र्यो

प्रकाश सिग्देल

शनिबार, १० साउन २०७७, ११ : ४७
तारवार निर्माणको काम अलपत्र छाडिंदा कुचकुचे सामुदायीक वनमा चितल मर्ने क्रम बढ्र्यो

फाइल तस्विर

चितवन । पुर्वी चितवनको कठार स्थित कुचकुचे सामुदायीक वन क्षेत्रमा वन्यजन्तु बस्ती भित्र प्रवेश नगरोस भनेर लगाइएको मेस जालीमा ठोक्किएर ४ चित्तल मरेका छन् । ६ महिनाको अन्तरालमा ४ वटा चित्तल मरेका छन् ।

शनिबार पनि एक बयस्क चित्तल तारजालीमा ठोक्किएर मरेको खगेन्द्रमल्ली उपभोक्ता समितका अध्यक्ष नवराज पाठकले बताए । झण्डै डेढ महिनाको हाराहारीमा एक चित्तल मर्न थालेपछि निकुञ्जले के कारणले चित्तल मर्यो भन्ने अध्ययन अनुसन्धानका लागी निकुन्जले टोली गठन गरि परिचालन गरेको छ ।

 चोरिसिकारी नियन्त्रण युवा जागरण अभियानको टोेलि पनि अध्ययनका लागी परिचालन भएको पाठकको भनाई छ । ‘चितल तथा मृग जंगलबाट बस्तीमा छिर्न दौडिएर आउने र तार जालीमा ठोक्किएर मर्ने गरेका छन्’– पाठलकले भने–‘त्यस्तो अवस्था श्रृजना भएपछी कुनकुन ठाँउमा त्यस्तो भएको हो, त्यो अध्ययन गरेर त्यसलाई रोक्नका लागी समितिले पहल गर्दैछ ।’ 

स्थानियले भने जंगल भित्र रहेको खयरघारी मन्दिरमा तार बार निमार्ण कार्य अलपत्र छोडेपछि त्यसमै मृग, चित्तलहरु अल्झेर मर्ने गरेका छन् । मन्दिरलाई कम्पाउण्डले घेर्ने गरी योजना बनाएर तारवार र वाल लगाउने क्रम सुरु भएपनि काम बिचमै छाडिएको छ । निर्माणाधिन काम अलपत्र हुदा त्यहा चित्तल तथा मृगहरु छिर्ने र कुकुरले त्यसलाई लखेट्दा भाग्ने क्रममा मेस जालीमा अल्झिएर, वालमा ठोक्किएर मर्ने गरेको उनीहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस