१६ लाख घुस लिएका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ साउन २०७७, ०८ : ०९
१६ लाख घुस लिएका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

काठमाडौं । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । 

विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएका उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।  अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस