पोखरा विश्वविद्यालयमा नेविसंघका विद्यार्थी नेताल थाले रिले अनसन

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १५ : २९
पोखरा विश्वविद्यालयमा नेविसंघका विद्यार्थी नेताल थाले रिले अनसन

पोखरा । लामो समयदेखि रिक्त उपकुलपती र रजिष्ट्रारको पद पुर्तिको माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले पोखरा विश्वविद्यालयमा रिले अनसन थालेका छन् । दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै उनीहरुले रिले अनसन थालेका हुन् ।

नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका विद्यार्थी नेताहरु गोपी तिवारी, निरज लामिछाने र राजीव भण्डारीले रिले अनसन थालेका हुन् । आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने राजीव भण्डारीले बताए ।

विश्वविद्यालयमा अहिले उपकुलपती, रजिष्ट्रार, परिक्षा नियन्त्रक र डिन लगायत विभिन्न शंकायका प्रमुखहरुको पद रिक्त छ । विद्यार्थीहरुले दश, दश महिना विति सक्दा पनि क्याम्पस पदाधिकारी नियुक्त नगरि ४० हजार विद्यार्थीको भविष्यको खेलवाड गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस