काठमाडौं । सरकारले भन्सार महसुल बढाएसँगै विद्युतीय सवारीको आयात ठप्प भएको छ । महसुल वृद्धिले व्यवसायीले जेठ १५ पछि विद्युतीय सवारी ल्याउन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
गत वर्षसम्म विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो । ०७७र७८ को बजेटमार्फत ८० प्रतिशतसम्म महसुल पुर्याइएको छ । ५० देखि सय किलोवाटसम्मका सवारीमा ४०, सयदेखि १५० किलोवाटसम्म ५० र १५० देखि २ सय किलोवाट क्षमताका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।
साथै २ सयदेखि ३ सय किलोवाटसम्म ७० प्रतिशत र त्यसभन्दा माथिको ८० प्रतिशत महसुल लाग्छ । ‘विद्युतीय सवारीसाधनको भन्सार दर वृद्धिले आयातमा प्रतिबन्ध लगाएजस्तै भएको छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘भन्सार दर बढाइएकाले गाडी आउनेवाला छैन ।’कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ साउन २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन
नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन
मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा