काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।
जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् ।
यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ साउन २०७७, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
परीक्षा बोर्डले भन्यो- एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्