काठमाडौं । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो ।
पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो । पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ साउन २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, विस्फोट गर्नुपर्ने अवस्था टर्यो
नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुँदै
नारायणगढ–मुग्लिन सडक शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी
नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी