लकडाउन सकिए पनि काठमाडौं उपत्यका छिर्न पास चाहिने

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १७ : ०५
लकडाउन सकिए पनि काठमाडौं उपत्यका छिर्न पास चाहिने

काठमाडौं । सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ ।

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ ।