पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीनजना घाइते

रासस

बुधबार, ०७ साउन २०७७, १० : ०३
पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीनजना घाइते

फाइल फोटो

सुरुङ्गा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा  एक युवकको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् । 
बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति झरेके पहिरोले घर पुर्दा मृत्यु भएको हो । अविरल वर्षासँगै झरेको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेका थिए ।  पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि घरमा आश्रितहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ । वुद्धशान्ति गाउँपालिका इलामसँग सिमाना जोडिएको गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस