विपी कोईरालाको ३८ औं स्मृति दिवसमा बोटे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

प्रकाश सिग्देल

मंगलबार, ०६ साउन २०७७, १८ : २३
विपी कोईरालाको ३८ औं स्मृति दिवसमा बोटे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

–    प्रकाश सिग्देल
चितवन । नेपाली कांग्रेसका संस्थापक महामानव विपी कोईरालाको ३८ औं स्मृति दिवस नेपाली कांग्रेस चितवनले जिल्लामा विभिन्न कार्यक्रम गरी मनाएको छ । चितवनका सातवटै स्थानीय तहमा दिप प्रजवलन, वृक्षारोपण तथा शैक्षिक सामाग्री सहयोग र रक्तदान लगायतका कार्यक्रम गरी स्मृति दिवस मनाएको जिल्ला पाटी सभापति जित नारायण श्रेष्ठले जानकारी दिए ।

कालिका नगरपालिका वडा नम्वर ५ को बोटे टोलमा रहेका वोटे बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रममा बोल्दै उनले विपी कोईरालाले राणा विरोधि आन्दोलन थाली देश र जनताको हितमा पु¥याएको योगदानको चर्चा गरे ।

नेपाली कांग्रस क्षेत्र नम्बर २ क प्रदेश कार्यसमिती चितवनले आयोजना गरेको  पिछडावर्ग बोटे जातिका विद्यार्थीलाई स्टेश्नरी झोला तथा खाजा वितरण कार्यक्रममा उनले विपीको मेलमिलापको नीति अहिलेसम्म पनि सान्दर्भिक भएको बताए । ‘उहाँले २००३ सालमा जे उद्देश्य राखेर पार्टी खोल्नुभयो त्यो अहिले पनि सान्दर्भिक छ’ श्रेष्ठले भने ।

झोला वितरण गर्दै श्रेष्ठले भोलिका दिनमा यहाका बाल बालिकालाई पर्ने सबैखाले समस्या समाधानमा कांग्रेस पार्टीले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले क्षेत्रीय सभापति वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले नीजि खर्चमा बोटे समुदायका बालबालिकालाई सहयोग गरी योगदान गर्नु भएको भन्दै पौडेलप्रति आभार प्रकट गरे ।  स्थानीय जनप्रतिनिधि मल्लु बोटेको घरमा एक कार्यक्रम आयोजना गरी ५५ जना बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री बितरण गरिएको थियो । नेपाली कांग्रेस क्षेत्र नम्वर २ क प्रदेश कार्य समितिका  सभापति बरिष्ठ समाजसेवी टंकनाथ पौडेलले सो सामाग्री सहयोग गर्नु भएको हो ।

सो अवसरमा पूर्व शिक्षा राज्यमन्त्रि शेषनाथ अधिकारीले विश्वेश्वरप्रसाद कोईराला नेपाली कांग्रेसका मात्रै नभै सम्पूर्ण नेपालीको पे्ररणाको स्रोत र आधुनिक नेपालको निर्माता भएको बताऐ ।  विश्वेश्वरप्रसाद कोईरालामा वशाणुगत रुपमा आएको चेतनाले गर्दा नै यो देशमा कांग्रेस पार्टीको जन्म भएको र देशबाट राणा शासनको अन्त्य भएको बताए । आफ्ना बुबा कृष्णप्रसाद कोईरालाको पे्ररणाले गर्दा पनि उहाँ यो देशका गरीब जनताको हितका लागि पार्टी स्थापना गरी राणा बिरोधी अभियानमा लाग्नु भएको उनको भनाइ थियो । 

कार्यक्रम टंकनाथ पौडेलको अध्यक्षतामा भएको थियोे । सो अवसरमा बोल्दै पौडेलले बिश्वेश्वर प्रसाद कोईरालाको स्मृति दिवसमा बिपन्न समुदायका बालबालिकालाई सहयोग गर्न पाउँदा धेरै खुसि लागेको बताउँदै आगामी दिनमा अरु सबै खाले सहयोगहरु गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले कालिका वडा नम्वर ४ निवासी संक्रान्ति महत्वको को श्रीमान बितेको र आर्थिक अभाव भएकाले काजक्रिया समेत गर्न समस्या भएपछि घरमा पुगेर १० हजार नगद सहयोग गरेको बताए ।

विश्वेश्वरप्रसाद कोइरालाको जन्म विक्रम संबत १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो भने २०३९ साउन ६ गते क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

उनी नेपालमा राणबिरोधि त्रान्तिका प्रमुख योद्धा थिए भने नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार समेत थिए । उनकै योगदानले नेपालमा प्रजातन्त्र स्थापाना भएको हो ।  इ.सं. १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना ग¥यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुनपछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस