गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ ।
सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी करिब ३४ वर्षीया लक्छीमाया गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो । मृतक महिलाको श्रीमान् र दुई छोरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाकाका अनुसार पहिरोले गोठ भत्काएर बगाउँदा महिला बेपत्ता थिइन् । ताङ्लीचोकबाट गएको प्रहरी टोलीले खोजी गर्दा महिलाको शव फेला पारेको हो । सडक भासिएर पहिरो आएको थियो ।
पहिरोमा परेर गोठमा रहेका १० वटा बाख्रा पनि मरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा