गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ ।
सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी करिब ३४ वर्षीया लक्छीमाया गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो । मृतक महिलाको श्रीमान् र दुई छोरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाकाका अनुसार पहिरोले गोठ भत्काएर बगाउँदा महिला बेपत्ता थिइन् । ताङ्लीचोकबाट गएको प्रहरी टोलीले खोजी गर्दा महिलाको शव फेला पारेको हो । सडक भासिएर पहिरो आएको थियो ।
पहिरोमा परेर गोठमा रहेका १० वटा बाख्रा पनि मरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध