बालुवाटारमा मध्यरातसम्म ओलीनिकट नेताहरुको खुसीयाली

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १० : २४
बालुवाटारमा मध्यरातसम्म ओलीनिकट नेताहरुको खुसीयाली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सत्ता संकट टरेकोमा बालुवाटारमा मध्यरातसम्म ओली पक्षिय नेताहरुले खुसीयाली साटासाट गरेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा पार्टीकै अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले राजीनामा माग गरेपछि ओली तनावमा थिए ।

कहिले वामदेव गौतम, कहिले रामबहादुर थापा, कहिले पूर्व माओवादी धारका नेताहरु टोपवहादुर रायमाझी, मणि थापा लगायतका नेताहरुलाई बालुवाटार बोलाउने फकाउने शैली ओलीले छोडेका थिएनन् । प्रचण्ड समुहका नेता लेखराज भट्टलाई त ओलीले आफ्नो क्याम्पमा प्रवेश नै पनि गराईसकेका थिए  । यही क्रममा उनले प्रचण्डसँगको छलफलमा मंसिरमै महाधिवशेन गर्ने र सहज नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताएपछि प्रचण्डले समर्थन जनाईदिए । त्यसपछि टर्यो ओलीको पार्टीभित्र राजीनामाको प्रसंग ।

जसकाकारण स्थायी समिति र अन्य छलफलहरुमा राजीनामाकै विषय उठने गरेको नेकपाका नेताहरुका पछिल्ला भेटवार्ता र बैठकमा शनिबार ओलीको राजीनामाको विषय कुनै नेताले उठाएनन् । वरु उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको शैली ठीक छैन् सम्म भने तर अरु नेताहरुले त्यक्ति पनि किटेरै भनेनन् । ओलीको यसरी टरेको सत्ता संकट पछि प्रधानमन्त्री निवासमा नेताहरुको सचिवालय बैठक शुरु भए देखि नै उपस्थिती बाक्लिदो थियो । सचिवालय नबस्दै ओली निकट कतिपय नेताहरुले सन्देश पाइसकेका थिए, प्रचण्ड सहमतिमा आईसके । 

त्यसपछि नेताहरुको बालुवाटार दौडधुप बाक्लिएको थियो । सचिवालय बैठक चल्दै गर्दा प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका मन्त्री पार्वत गुरुड लगायतका नेताहरु बालुवाटार पुगिसकेका थिए । सचिवालय बैठक सकिने वित्तिकै ओली शितल निवासमा राष्ट्रपतिलाई भेट्न पुगे । झण्डै २ घण्टा राष्ट्रपतिसँग भेट गरेर निवास फर्किदासम्म आफु निकट नेताहरुको बालुवाटारमा निक्कै चाप बढेको थियो । महासचिव पौडेल पनि सिधै राष्ट्रपति कार्यालयवाट बालुवाटार नै फर्किएका थिए । 

उपप्रधान तथा रक्षामन्त्री इश्वर पाखेरेल, विष्णु पौडेल, विष्णु रिमाल, भानुभक्त ढकाल, पार्वत गुरुड, गोकुल बाँस्कोटा लगायतका ओली पक्षका नेताहरु त्यसबेला बालुवाटारमा थिए  । ओलीले बैठकमा भएका विषय राख्दै प्रचण्डलाई सहमतिमा ल्याउन गरिएको प्रयासलाई उनले त्यहाँ ब्रिफिङ गरेको सहभागी एक नेताले बताए । त्यसपछि अहिलेलाई सत्ताको संकट टारिएको भन्दै नेताहरुले खुसीयाली साटेका थिए । प्रधानमन्त्रीको राजनीतिक चातु¥यर्ताका केही नेताहरुले भने छलफलका क्रममा खुलेरै बयान समेत दिएको ति नेताले बताए । 
 

प्रतिक्रिया दिनुहोस