झापा । झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे १० प ९८२६ नंको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गएिको छ । मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन् । उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ साउन २०७७, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा दुर्घटना बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु
सवारी दुर्घटनामा गाडी चालकको मृत्यु
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु