गुवाहाटी, आसाम, भारत । भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् ।
आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् ।
त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ साउन २०७७, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
नारायणीको बाढीले सुस्तामा आठ घर विस्थापित, ८० जोखिममा
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध