थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १६ : २७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । जसमध्ये ११ हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस