चितवन । नारायणी नदीले बगाएका दुई जनाको उद्दार गरिएको छ । नारायणी नदीमा बगेको सूचनाको आधारमा स्थानीय बासिन्दाको सहयोगमा चितवन प्रहरीले एक महिला र एक पुरुषको उद्दार गरेको हो ।
भरतपुर महानगरपालिका–३ स्थितमा नारायणी नदीले मानिस बगाएको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको हो । प्रहरी जवान सिद्दराज शर्मा र प्रहरी जवान खड्ग बहादुर बिष्टले स्थानीयको सहयोगमा बर्ष ३७ को पुरुष व्यक्तिलाई नदीले बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल वडा नम्वर ३ को कार्यालय नजिकबाट उद्दार गरेको चितवन प्रहरीले जनाएको छ ।
त्यस्तै वर्ष २५ की महिलालाई नारायणी किनारमा रहेको बुद्ध मूर्ति छेउबाट उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जनाएको छ । बर्षातको समयमा नदीको बहाव उच्च हुने हुँदा अनावश्यक रुपमा नदी किनारमा नगइदिन समेत प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो