विष्फोटक पदार्थ राखिएको चेतावनीपछि रायनियरको विमान ओस्लोमा आकस्मिक अवतरण

एजेन्सी

शुक्रबार, ०२ साउन २०७७, २१ : ०३
विष्फोटक पदार्थ राखिएको चेतावनीपछि रायनियरको विमान ओस्लोमा आकस्मिक अवतरण

काठमाडौं । रायनियरको यात्रुवहाक विमान  आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ । 

विमानमा वम रहेको चेतावनी पछि विमानलाई आपतकालीन अवतरण गराउँदा विमानस्थलमा विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारका अन्य उपायलाई तयारी अवस्थामा राखिएको छ ।

“विमान सुरक्षितरूपमा अवतरण भएको छ, विष्फोटक पदार्थबारे थप जानकारी भैनसकेको तर विमानबाट यात्रुहरूलाई सुरक्षित निकाल्न थालिसकिएको छ,” नर्वेली प्रहरीको ट्वीटर सन्देशमा उल्लेख छ । “‘विस्फोटक पदार्थ’लाई व्यवस्थापन गरिएको छैन ।”

सार्वजनिक प्रसारक एनआरकेका अनुसार विमान लन्डनबाट प्रस्थान गरेको थियो । समाचार तयार पार्दासम्म अवस्थाबारे थप विवरण उपलब्ध गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस