काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ। अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो। दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ।
साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन्। अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन्। या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन्।
नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ। सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५ सयदेखि एक हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए। तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्ता पछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?
सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा
सुनको मूल्य बढयो, कतिमा हुँदैछ कारोबार ?