काठमाडौं । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
यो सँँगै तनहँुमा पहिराले पुरिएर निधन हुनेको सङ्ख्य ११ पुगेको छ । यसअघि सोमबार दश जनाको शव फेला परेको छ । व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ ।
पहिराले पुरिएर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका पाँच, व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको छ ।
ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजको श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै ५ वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थाापा र निजको श्रीमती १९ वर्षीया मनिसरा थापा, व्यास नगरपालिका–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अन्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको पहिराले पुरिएर मृत्यु भएको थियो ।
पहिराले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा, सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवर र ऋषिङ गाउँँपालिका–८ भैँसीकिलोका ६० वर्षीय ज्योतिमाया थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
बाढी र पहिरोले यी राजमार्गमा अवरोध