काठमाडौँ । दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।
प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुप¥यो, कि कोरिया जान दिनुप¥यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी