स्याङजा । कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले थापासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमा वडा नं ४ का ६८ वर्षीय होमनाथ पाण्डे र सोही वडाका ५५ वर्षीय वीरबहादुर रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचार तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
खोलामा आएको बाढिले धार परिवर्तन गर्दा चार घर विस्थापित हुने अवस्था आएकाले विस्थापित परिवारलाई राख्ने स्थानका बोरमा खोजी भइरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, १८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु