नारायणगढ–मुग्लिन सडकमा फेरी सडक भासियो, एकतर्फी सवारी संचालन

सफल खबर संवाददाता

सोमबार, २९ असार २०७७, ११ : ३५
नारायणगढ–मुग्लिन सडकमा फेरी सडक भासियो, एकतर्फी सवारी संचालन

फाइल तस्विर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । पुर्ननिर्माण सम्पन्न भएको ३ वर्ष नपुग्दै यो सडक खण्डको विभिन्न स्थानमा यस अघि पनि भासिदै आएर समस्या उत्पन्न हुँदै आएको छ ।

२, ३ दिन यता परेको अविरल  वर्षासैंग आज बिहान ९ बजे सत्रकिलोमा सडक भासिएको प्रहरीले जनाएको छ ।  सडक भासिएसंगै अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।

प्रहरीका अनुसार सडक खण्डको १.५ फिट कालोपत्रे सडक भासिएको हो । नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक पनि अहिलेसम्म बनेको छैन ।

प्रतिक्रिया दिनुहोस