एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्क लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्दै चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले अन्ततः सार्वजनिक रुपमा मास्क लगाएका छन्।
कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका ट्रम्पले औपचारिक रूपमा सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रस्तुत भएका हुन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।
‘मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास गर्छु,’ मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने ।
यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क नलाउने भन्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ असार २०७७, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पले भने : 'यो दुःखद हो
आप्रवासीहरूलाई अफ्रिकी तथा युरोपेली देशहरूमा निष्कासन गर्ने ट्रम्पको योजना
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
तेस्रो कार्यकालमा रुचि छैन : राष्ट्रपति ट्रम्प
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै