नसक्नेले तत्काल ऋणको साँवा ब्यात नतिरे हुने

पत्रपत्रिकाबाट

आइतबार, २८ असार २०७७, ०७ : १८
नसक्नेले तत्काल ऋणको साँवा ब्यात नतिरे हुने

काठमाडौं । कोभिड १९ को परिस्थितिपछि तिर्न नसक्नेले तत्काल ऋणको साँवा ब्याज भुक्तानी गर्नु नपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । असार मसान्तमा  क्षमता भएका ऋणीले तोकिएको समयभित्रै तिर्नुपरेपनि क्षमता नभएकालाई समय थप गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गरिदिने उनले जानकारी दिए । 

‘अहिले बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई साँवा ब्याज भुक्तानीको लागि ताकेता गरेको भन्ने आइरहेको छ’शनिबार अधिकारीले भने, ‘क्षमता भएका ऋणीका लागि होला । क्षमता नभएका ऋणीलाई ताकेता नगर्नु भनेर बैंक तथा बित्तीय संस्थालाई मौखिक रुपमा विशेष अनुरोध गरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस