Safal Khabar - पेट्रोलियम पदार्थमा रु एक मूल्य वृद्धि
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
पेट्रोलियम पदार्थमा रु एक मूल्य वृद्धि
शुक्रबार, २६ असार २०७७, २० : ४३
पेट्रोलियम पदार्थमा रु एक मूल्य वृद्धि
फाइल फोटो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एकएकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस