लकडाउन

८ सय ४३ जना महिला तथा बालिकामाथि हिंसा, अधिकांश हिंसा घरभित्रै

विहीबार, २५ असार २०७७, ११ : ४५
८ सय ४३ जना महिला तथा बालिकामाथि हिंसा, अधिकांश हिंसा घरभित्रै

काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले पछिल्लो ३ महिनामा  ८ सय ४३ जना महिला तथा बालिकामाथि हिंसा भएको जनाएको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४ सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाईएको छ । 

दाइजो नल्याएको÷कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई मात्र लगाउने, गालीगलौज गर्ने, चारित्रिक आरोप लगाउने तथा अपशब्द प्रयोग गरी २ सय ८८ जना महिलामाथि शारिरिक हिंसा र १ सय २ जनामाथि मानसिक हिंसा भएको पाइएको ओरेकले जनाएको छ । 

यसैगरी ७१ जना महिलालाई खानालाउन नदिई घर निकाला गरेको, १४ जनाको विवाहदर्ता नबनाईदिएको, ४ जना बच्चाको जन्मदर्ता नबनाइदिएको, ८ जनाको नागरिकता नबनाइदिएको, ३ जनालाई स्वास्थ्य सुविधाबाट बञ्चित गरिएको घटनाहरु रहेका छन् ।  यसैगरी ८३ वटा सामाजिक हिंसा, १३१ वटा बलात्कार, २६ वटा बलात्कारको प्रयास, ३५ वटा यौन दुव्र्यवहार, २१ वटा हत्या, ४ वटा हत्या वा आत्महत्या पुष्टि हुन बाँकि रहेको, ३२ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, ४ वटा मानव बेचविखन र ११ वटा साइवर अपराधसँग सम्बन्धित रहेका छन् । 

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समुहका २ सय ५९ जना, २६ देखि ३५ वर्ष उमेर समुहका २ सय ३९ जना , १६ वर्षभन्दा कम उमेर समुहका १ सय ४३ जना, ३६ देखि ४५ वर्ष उमेर समुहका १ सय६ जना, बाँकी अन्य उमेर समुहका रहेका छन् । यस्तैगरि हिंसाका आरोपित व्यक्तिमध्ये २ सय ८४ जना २६ देखि ३५ वर्ष उमेर समुहका, १ सय ९७ जना ३६ देखि ४५ वर्ष उमेर समुहका, १ सय ८० जना १७ देखि २५ वर्ष उमेर समुहका, १ सय १२ जना ४६ वर्षभन्दा माथिका, ७ जना १६ वर्षभन्दा कम उमेरका र ८९ जना उमेर समुह थाहा नभएका रहेका छन् । 

हिंसा गर्ने व्यक्तिमा ३ सय ५७ जना श्रीमान,  १ सय ३३ जना परिवारका अन्य सदस्य, १ सय ७६ जना छिमेकी, ४० जना प्रेमी ठानिएका व्यक्ति, १६ जना साथी, १२ जना सेवा प्रदायक, ४ जना शिक्षक, ४ जना घरमालिक र ६५ जना पहिचान नखुलेको व्यक्ति रहेका छन् ।  प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुन्छ भन्ने मान्यता रहेको भएपनि यस तथ्याकंले घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाएको ओरेकले जनाएको छ । 

रकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानुनी कार्वाहि र आवश्यकता अनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षित रुपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता संस्थाले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस