गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै

पत्रपत्रिकाबाट

विहीबार, २५ असार २०७७, ०८ : २०
गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै

काठमाडौं । गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक चलाउनमै खर्च हुने देखिएको हो ।

तथ्याङ्कअनुसार गुगल प्रयोगमा ५१ प्रतिशत र फेसबुकमा ३१ प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ । यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा आठ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा दुई दुई प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ । 

अनलाइन चलचित्र हेर्ने सुविधा उपलब्ध गराइरहेको नेटफ्लिक्सका लागि नेपालीले एक प्रतिशत इन्टरनेट खपत गरिरहेको पनि तथ्याङ्कले देखाएको छ । आन्तरिक खपतका यी कन्टेन्टमा प्रतिसेकेन्ड १।६ टेराबाइट इन्टरनेट प्रयोग भएको समूहका अध्यक्ष समितजन थिङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस