साम्राज्ञीपछि भुवन केसीमाथि श्वेताको पनि दुर्व्यवहार आरोप

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, १२ : २१
साम्राज्ञीपछि भुवन केसीमाथि श्वेताको पनि दुर्व्यवहार आरोप

फाईल फोटो

काठमाडौँ । अभिनेता भुवन केसीमाथि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि दुर्व्यवहार भएको आरोप लगाइरहेकै बेला अहिले क्यानडामा बस्दै आएकी श्वेता रेग्मीले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन् ।

उनले फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महशुस भएको बताएकी हुन् । लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी छन् ।

भिडिओमा उनले आफूमाथि भएको दुर्व्यवहारबारे जसलाई परेको हो उसले आफूलाई सहज लागेको बेला भन्ने अधिकार रहेको र त्यसमाथि कसैले पहिला किन नभनेको ? भनेर प्रश्न गर्नु उचित नहुने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस