युवा तथा खेलकुद मन्त्रालयद्वारा १० सञ्चारकर्मी सम्मानित

रासस

सोमबार, २२ असार २०७७, २१ : ३३

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार जनालाई सम्मान गरिएको हो । 

खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोष्टका रोशन राउत, पोखराका खेल पत्रकार केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की छन् ।

यस्तै युवा पत्रकारिता पुरस्कार, २०७६ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत खगेन्द्र अधिकारी, निरक न्यौपाने, गीता चिमोरिया, गङ्गा खड्का, रत्नकुमारी चौधरी र सुस्मा बरालीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु ५० रहेको छ । 

सम्मानित सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सचिव रामप्रसाद थपलियाले प्रशंसा पत्रसहित पुरस्कृत गर्नुभयो । सञ्चारमाध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानस्वरुप उहाँहरुलाई सम्मानित गरिएको मन्त्री विश्वकर्माले बताउनुभयो । कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्ससमेत सार्वजनिक गर्नुभएको थियो । सो एपमा नेपाली खेलकुदको विषयमा सम्पूर्ण डाटा समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस