एजेन्सी । कोरोना संक्रमितको संख्या सात लाख नजिक पुगेको भारत कोरोना संक्रमित धेरै भएका देशमध्ये तेस्रो नम्बरमा पुगेको छ ।
आइतबार रसियालाई उछिन्दै भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक बनेको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबारसम्म देशभर कोरोना संक्रमित संख्या ६ लाख ९० हजार पुगेको जनाएको छ । कोरोनाका कारण भारतमा १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई) ले पछिल्लो समय थपिएका संक्रमितमध्ये ७८ प्रतिशत भारतका महाराष्ट्र, तमिलनाडु, दिल्ली, तेलाङ्गाना, कर्नाटका, असम र बिहार राज्यबाट रहेको जनाएको छ ।
पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन् । कोरोना संक्रमितको संख्या अमेरिकामा २९ लाख ८३ हजार १ सय ४२ र ब्राजिलमा १६ लाख ४ हजार ५ सय ८५ पुगेको छ । चौथो नम्बरमा रहेको रसियामा ६ लाख ८७ हजार ८ सय ६२ जना संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ असार २०७७, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै