के हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस ?

एजेन्सी

सोमबार, २२ असार २०७७, १० : ४६
के हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस ?

प्रतिकात्मक फोटो

एजेन्सी । विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् ।

डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसार ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् । 

पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि भन्दै आएको हावाको माध्यमबाट कोरोनाभाइरस फैलिन्छ र यसले नजिकमा रहेकालाई संक्रमित बनाउँछ भन्ने कुरामा थप बल पुर्याउँछ ।

यो कुरा पुष्टि भएमा घरभित्र सामाजिक दुरी कायम गरेपनि मास्क लगाउन अनिवार्य गर्नुपर्ने हुनेछ, विशेष गरेर राम्रो भेन्टिलेसन नभएको स्थानमा ।

डब्लूएचओका डा बेनेडेटा अलेग्रान्जीले भने हावाको माध्यमबाट पनि कोरोना भाइरस फैलिन्छ भन्ने तथ्य अविश्वस्नीय भएको बताए । उनले पछिल्लो केही महिनामा हावाको माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने सम्भावनामा चर्चा गरे पनि यसबारे स्पष्ट प्रमाण फेला नपरेको जिकिर गरे ।

डब्लूएचओले सधैँ हात धुने कुरामा जोड दिँदै आएको छ जबकी सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले भने सतहबाट कोरोनाभाइरस सर्ने सम्भावना कम हुने बताएको छ । (न्युयोर्क टाइम्स)