काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भनिएको पनि कोरोना भाइरसको महामारीले स्थगित गरिएकोमा आज र भोलिका लागि यो कार्यक्रम तय भएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०७७, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
निर्दोष बालबालिका पनि कारागारमा
जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे
एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण