काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भनिएको पनि कोरोना भाइरसको महामारीले स्थगित गरिएकोमा आज र भोलिका लागि यो कार्यक्रम तय भएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०७७, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने