काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक २४ असार सम्मलाई सरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको वैठक फेरि दुई दिन पछि सार्ने निर्णय भएको हो । पार्टीभित्रको विवाद समाधानको कुनै सूत्र फेला परि नसकेको भन्दै नेकपाले बैठक फेरि सारेको हो ।
प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको विवाद अन्यका लागि पहलकदमी लिनुको साटो आफ्नो तर्फबाट बिहिबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको थियो । त्यसपछि शक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक बस्ने भनिएको थियो ।
शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको थियो । अहिले फेरि स्थगित भयो । र २४ असारका लागि पु¥याइएको छ । थप गृहकार्यका लागि बैठक स्थगितको सूचना आएको एक स्थायी समिति सदस्यले सफलखबरलाई वताए । नेकपामा अहिले विवाद समाधानको खोजीका लागि पार्टीका दुई अध्यक्ष निरन्तर छलफलमा छन् ।
आज पनि दुई अध्यक्ष बिच छलफल हुने बताईएको छ । स्थायी समिति बैठक दुई दिन स्थगित भएपछि छलफलका लागि समय भने तय भईसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०७७, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं