कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए

एजेन्सी

आइतबार, २१ असार २०७७, २० : ०६
कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ । 

विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।