पार्टीभित्रको असहमतिलाई विधि र पद्धतिबाट समाधान गर्न माग

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १८ : १८
पार्टीभित्रको असहमतिलाई विधि र पद्धतिबाट समाधान गर्न माग

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा र विद्यार्थीले पार्टीभित्रको असहमतिलाई विधि र पद्धतिबाट समाधान गर्न माग गर्दै आइतबार जिल्ला पार्टी कार्यालय अगाडि धर्ना दिएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद चुलिएका बेला उनीहरु प्लेकार्ड बोकेर धर्नामा उभिएका हुन् ।

धर्नामा सहभागी युवा र विद्यार्थीहरुले ‘तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्‍नेलाई हामी नेता मान्दैनौं, व्यक्ति होइन, नीतिप्रधान पार्टी निर्माण गरौं, पार्टी एकता जिन्दावाद, कम्युनिष्ट पार्टी नीतिप्रधान हो, नेताप्रधान होइन’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस