राप्ती नगरपालिकाको सबै वडामा स्वास्थ्यचौकी

आइतबार, २१ असार २०७७, १५ : २२
राप्ती नगरपालिकाको सबै वडामा स्वास्थ्यचौकी

राप्ती । राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी बनाउने भएको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम सुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नं १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो । वडा नं ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यासको काम भइसकेको छ । स्वास्थ्यचौकी नभएका अन्य वडामा पनि शिलान्यास गरिने प्रमुख बरालले बताइन् । 

जनसङ्ख्या सात हजारभन्दा बढी भएको वडामा रु ६४ लाख र थोरै भएका ठाउँमा रु ३४ लाखका लागतमा स्वास्थ्यचौकी निर्माण गरिन लागिएको हो । सो नगरपालिकाको वडा नं ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नं १० मा सामुदायिक स्वास्थ्य एकाइ छन्  । 

प्रतिक्रिया दिनुहोस