काठमाडौँ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिए ।
सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ असार २०७७, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता
हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा
कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड
परीक्षा बोर्डले भन्यो- एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्
कक्षा १२ को परीक्षा सर्यो