‘अबको डेढ महिना पछि कोरोना विरुद्धको खोप सर्वसाधारणका लागि आउछ’ : भारतीय वैज्ञानिक

एजेन्सी

शनिबार, २० असार २०७७, ११ : ०८
‘अबको डेढ महिना पछि कोरोना विरुद्धको खोप सर्वसाधारणका लागि आउछ’ : भारतीय वैज्ञानिक

एजेन्सी । छिमेकी मुलुक भारतमा अबको डेढ महिना पछि आँउदो अगस्त १५ देखि सर्वसाधारणलाई लक्षित गरेर कोरोनाको खोप बजारमा आउने भन्दा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।  भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि आउने बताएको हो ।

स्वास्थ्य तथा खोप वैज्ञानिकहरुले आइसिएमआरको घोषणाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । आइसिएमआरले सो खोपको मानवीय परीक्षणका लागि १२ संस्थानलाई पत्र लेखेर स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ मा खोप सार्वजनिक प्रयोगमा ल्याउने गरी सहयोग गर्न आग्रह गरेको हो । भारतीयलाई लक्षित गरि बनाउन थालिएको उक्त आइसिएमआर र हैदरावादस्थित भारत बायोटेक कम्पनीले संयुक्त रुपमा बनाइरहेका हुन् । तोकिएका १२ संस्थाले खोपहरु मानवमा परिक्षण गर्ने र अगस्त १५ बाट सर्वसाधारणका लागि ल्याउने दाबी समेत गरेको छ । 

मानवीय परीक्षणका लागि चुनिएका १२ संस्थानलाई आइसिएमआरका निर्देशक डा. बलराम भार्गवले गत बिहीबार पत्र लेखेर जुलाई सातसम्म परीक्षणका लागि स्वीकृति लिन भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पत्रमा ‘कोरोना भाइरसलाई रोक्नका लागि आइसिएमआर मार्फत बनाइएको खोपको फास्ट–ट्रयाक ट्रायलका लागि भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ । 

अन्य विज्ञहरुले भने यति छोटो अवधिमा खोप प्रयोगमा लैजाने भनिएको प्रति शंका र चासो तथा चिन्ता व्यक्त गरेका छन् । फास्ट ट्रयाकबाट पनि खोप बनाउँदा १२ देखि १८ महिना लाग्छ । त्यस भन्दा पहिले खोप बनाउन सम्भव हुँदैन । नयाँ खोप तयार गर्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि खोप बाहेक अरु कुनै विकल्प नरहेकाले विश्वभर वैज्ञानिकहरु खोप निर्माणका लागि अति तीव्र गतिमा लागि रहेका छन् ।

कोरोना विरुद्धको खोप ल्याउन विभिन्न देश चिकित्सक, वैज्ञानिकहरुले अध्ययन, अनुसन्धान गरेपनि अहिले सम्म त्यस्तो खोप आएको पुष्टि भएको छैन् । कतिपय देशले त खोप निर्माण गरेर मानवमा परिक्षण समेत थालेको छ । तर भारतीय वैज्ञानिकहरुले अबको ४५ दिन भित्र कोरोना विरुद्ध खोप सर्वसाधारणलाइ लक्षित गरि आउछ भन्दा धरैले पत्याउन सकेका छैनन् । 


 

प्रतिक्रिया दिनुहोस