थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १६ : २९

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ७४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५ पुगेको छ ।