काठमाडौं । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन। कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।
स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफु जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर आफुले काम गरेको दावी गरेका छन छ ।
उनले संसदमा आफु कानुन निर्माताकोरूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गरे । कोरोनाभाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो ।
उनी अपदस्त हुनुको पछाडि उहाँले प्रयोग गरेका शब्द नै मुख्य कारण बन्न पुगेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १८ असार २०७७, २१ : ४६
लेखकबाट थप