गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १० : ५१
गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा थप थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला  र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

परिक्षण्मा गण्डकी प्रदेशको ६ वटै जिल्लामा संक्रमित देखिएको हो । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन÷तीन, कास्की र तनहुँका एक÷एक र स्याङ्जाका आठजना छन्।

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। आज थप भएका २८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस