काठमाडौं उपत्यकामा थप १४ जना कोरोना संक्रमित भेटिए

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, १६ : ५३

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको हो ।