आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, ०९ : १७
आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले अरब सागर र बंगालको खाडीबाट आएको मनसुनी वायु एकै साथ सक्रिय रहेको जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको शाखाले जनाएको छ । यस्तै राति पनि देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम रदक्षिण–पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशमा मनसुनी वायु (पूर्वी दिशाबाट बहेको) को प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै नेपाल नजिकै रहेको मनसुन न्यून चापीय रेखाको पनि प्रभाव छ । अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको छ। आज मंगलबार दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस