श्रमिकलाई कोषको रकमले उद्धार गर्न निर्देशिका तयार

पत्रपत्रिकाबाट

मंगलबार, १६ असार २०७७, ०८ : १७
श्रमिकलाई कोषको रकमले उद्धार गर्न निर्देशिका तयार

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार गरेर स्वीकृतका लागि सोमबार मन्त्रिपरिषद् पठाइएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको उक्त निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेकै दिनबाट कार्यान्वयनमा आउने जनाइएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले तयार गरिएको निर्देशिकामा श्रम स्वीकृति लिएर विदेश गएका र कोरोनाका कारण समस्या परे वा नपरेको पहिचान गरेर मात्रै वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार गरिने जानकारी दिए । 

यही असार १ गते सर्वोच्च अदालतले विदेशमा अप्ठ्यारोमा परेकामध्ये दूतावासले प्रमाणित गरेको हकमा वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ता गर्ने प्रबन्ध गर्न र त्यसका लागि निर्देशिका तयार गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस