अब मास्क पनि फोन गर्न मिल्ने ‘स्मार्ट मास्क’...

एजेन्सी

आइतबार, १४ असार २०७७, ११ : ११
अब मास्क पनि फोन गर्न मिल्ने ‘स्मार्ट मास्क’...

काठमाडौं । विश्वमा कोरोना भाइरसको महामारी फैलिएसंगै अहिले सबै देशले रोकथाम र सतर्कताका लागि विभिन्न उपाय खोज्न थालेका छन् । यस्तै महामारीका बेला प्रयोग नगरी नहुने मास्क पनि अत्याधुनिक तवरले बजारमा आउने भएको छ । जापानको एक कम्पनीले अत्याधुनिक मास्क निर्माण गरेको घोषणा गरेको छ ।  

डोनट रोबोटिक्सले कम्पनीले तयार गरेको उक्त मास्कमा ब्लुटुथ जडान गरिएको छ । सी मास्क नाम दिइएको उक्त मास्क सेतो प्लास्टिकबाट निर्माण गरिएको र उक्त मास्क मोबाइलमा एप डाउनलोड गरेर चलाउन सकिन्छ । ब्लुटुथका माध्यमबाट मास्कलाई स्मार्टफोन र ट्याब्लेटसँग जोड्न सकिने कम्पनीले दाबी छ ।

उक्त स्मार्ट फेस मास्कका माध्यमबाट म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य भाषामा अनुवाद गर्न समेत सकिने जनाइएको छ । यो मास्कले मान्छेको आवाजलाई पनि ठूलो बनाइदिनेछ । यो अत्याधुनिक मास्कको मूल्य ४० डलर राखिएको छ । कम्पनीले आउँदो सेप्टेम्बरबाट यसको व्यवसायिक उत्पादन शुरु गर्ने र अन्य देशमा पनि विक्रीको लागि पठाईने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस