स्वास्थय मन्त्रालय भन्छ– नेकपा नेताको घाँटीमा झुण्ड्याइएको कोरोना कार्डले ज्यान लिन सक्छ

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १७ : २३
स्वास्थय मन्त्रालय भन्छ– नेकपा नेताको घाँटीमा झुण्ड्याइएको कोरोना कार्डले ज्यान लिन सक्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने बताएको छ । 

कोरोना संक्रमण रोक्न÷नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । 

आजको मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भिर असर गर्ने बताए । उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेका छ ।

भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

नेकपा स्थायी समिति सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएको बताइएको छ।  

प्रतिक्रिया दिनुहोस