७७ वटै जिल्लामा फैलियो कोरोना भाइरस

सफल खबर संवाददाता

शनिबार, १३ असार २०७७, १६ : ३१
७७ वटै जिल्लामा फैलियो कोरोना भाइरस

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 

उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।