चितवनमा थप २ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०७७, २० : ३३
चितवनमा थप २ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप दुई  जनामा कोरोना संक्रमण देखिएको छ । प्रयोगशालाका अनुसार संक्रमण हुनेहरुमा राप्ती नगरपालिका-०५ बस्ने वर्ष ४० का पुरूष र भरतपुर महानगरपालिका-१३ बस्ने वर्ष २७ का पुरूष रहेका छन् ।

भरतपुरस्थित प्रयोगशालामा गरिएको कूल १०७ नमुना परीक्षणमा चितवनका २ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस