थप ४८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या २६९८ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १२ असार २०७७, १६ : २७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २६९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस